चीनले अफगानिस्तानलाई पठायो १ हजार टन सामग्री

काठमाडौँ- चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामाग्री पठाएको छ । चीनले पठाएको १ हजार टन मानवीय सहायताका सामग्री बोकेको एउटा रेल चीनको उत्तरपश्चिम सिन्जियाङको उइगुर स्वायत्त क्षेत्रबाट अफगानिस्तानतर्फ प्रस्थान गरेको छ । सो रेल १२ दिनभित्र अफगानिस्तानको मजार आइ सरिफ पुग्नेछ ।
चीनले पठाएका सामाग्रीमा नान, पाउडर दुध, कटनका जुत्ता, लुगा र कम्मललगायत छन् । सन् २०२१ देखि चीन–अफगानिस्तान मालवाहक रेलले अहिलेसम्म अफगानिस्तानमा २६ हजार टन मानवीय सहायताका सामाग्री पठाएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवत्ता वाङ वेनबिनले दुई देशबीचको मालवाहक रेल निरन्तर सञ्चालनमा आएको भन्दै कृषि उत्पादनका सामग्री आयात निर्यात भएको बताएका थिए ।
१५ अगस्टमा तालिबानले सत्ता हातमा लिएपछि अफगानिस्तानमा मानवीय संकट बढेको छ । चीनले अफगानिस्तानलाई २० करोड युयान बराबरको आपतकालीन सहयोग प्रदान गर्ने वचन दिएको छ ।

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया