आइतबार ११ जेठ, २०८२
Sunday, May 25, 2025

प्रहरी महानिरिक्षक शैलेश थापा टर्की प्रस्थान

काठमाडौँ- प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्री टर्की प्रस्थान गरेका छन् । टर्कीको इस्तानबुलमा आयोजित हुने इन्टरपोलको ८९ औं महासभामा सहभागी हुन आइतबार थापा त्यसतर्फ प्रस्थान गरेका हुन् । 

थापासँग महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक प्रध्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत त्यसतर्फ प्रस्थान गरेका छन् । 

१९४ इन्टरपोल सदस्य राष्ट्रका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिवेददन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन हुने, नयाँ सदस्यताका लागि आवेदन गर्ने देशका लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निर्णय हुने लगायतका कार्यक्रम रहेका छन् । 

महासभामा इन्टरपोल तथ्याकं प्रशोधनको आवश्यकता, प्रहरी कार्य तथा प्रविधि, बजेट, संगठित अपराध, साइबर क्राइम, आतंकवाद, मानव बेचबिखन जस्ता अपराध लगायतका विविध विषयमा संकल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम हुनेछन ।

साथै नेपालको प्रतिनिधि मण्डलले टर्की, यूएई, दंक्षिण कोरिया र बंगलादेशसँग समेत विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । 

प्रहरी महानिरीक्षक थापा क्षेत्रीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।