प्रदेश १ मा वर्षा र हिमपातको सम्भावना

काठमाडौं - देशभर आज मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने विभागले जनाएको छ । प्रदेश १ का केही स्थानमा हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ ।
राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने उल्लेख छ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया