भारतमा बाढीका कारण १५ को मृत्यु, सयबढी बेपत्ता

काठमाडौँ - भारतको अन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरु एक सयभन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले शनिबार बिहान जानकारी दिएका छन् ।
निरन्तरको अत्यधिक बर्षाका कारण बाढी ठूलो आएको र धेरै क्षति गरेको खोजी तथा उद्धारकार्यमा खटिएकाले बताएका छन् । बाढीले विषेश गरेर आन्द्र प्रदेशका चार जिल्ला चित्तुर, कडपा, कुर्नुल र अनन्तपुरमा बढी असर पारेको छ ।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयंसेवकको टोली खटिएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन फौजको मात्रै सात ओटा टोली खटिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
खोजी तथा उद्धारकार्य जारी रहेपनि सय जनाभन्दा बढी बेपत्ता भएकाले उनीहरुमध्ये अधिकांशलाई जिवितै भेटिने सम्भावना कम रहेको उद्धारकर्ताको भनाइ छ । उनीहरुका अनुसार बाढीका कारण मृत्यु भएकाको संख्या बढ्न सक्ने देखिएको छ । एएनआई

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया