झापामा दुई सभापति निर्विरोध, आठ निर्वाचित

झापा - नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये सबै प्रदेश क्षेत्रको निर्वाचन परिणाम शुक्रबार राति आइसकेको छ ।
नेपाली कांग्रेस झापाको प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार क्षेत्र नं २ को प्रदेश ‘क’को सभापतिमा लक्ष्मी आचार्य र ‘ख’को सभापतिमा किरण श्रेष्ठ निर्वाचित भएका छन् । क्षेत्र नं ३ को प्रदेश ‘क’ र ‘ख’को सभापतिमा क्रमशः चिन्तामणि खरेल र तुलसीप्रसाद ओली निर्वाचित भएका हुन् ।
क्षेत्र नं ४ को प्रदेश ‘क’ र ‘ख’को चुनावी नतिजाअनुसार सभापतिमा पदमा क्रमशः विनोद ढकाल र ख्याम सिटौला निर्वाचित हुनुभएको छ । त्यसैगरी, क्षेत्र नं ५ को प्रदेश ‘क’ को सभापतिमा जीवनकुमार राई र प्रदेश ‘ख’को सभापतिमा रवि न्यौपाने विजयी भएका छन् । रासस

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया