इजिप्टका राष्ट्रपति र बेलायतका राजकुमार चार्ल्सबीच भेटवार्ता

कायरो- इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसि र बेलायतका राजकुमार चार्ल्सबीच भेटवार्ता भएको छ । आतङ्कवाद अन्त्य गर्ने विषयमा उनीहरू बीचको भेटवार्ता केन्द्रित भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
इजिप्टको राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा पनि उनीहरूले क्षेत्रीय विविध विषयमा छलफल गरेको उल्लेख गरिएको छ ।
राष्ट्रपति सिसिले राजकुमार दम्पत्तिलाई अल इत्तिहाडिया प्यालेसमा स्वागत गरेको पनि वक्तव्यमार्फत जानकारी दिइएको छ ।
'उहाँहरूका बीचमा आपसी चासो, साझा हित, दुई पक्षीय सरोकारका विविध विषयमा छलफल भएको छ, विषेश गरेर आतङ्कवाद र अतिवादका विरुद्धमा संयुक्तरूपमा लड्ने बारेमा छलफल केन्द्रित रहेको थियो,' वक्तव्यमा लेखिएको छ ।
मध्यपूर्वको चारदिने भ्रमणका क्रममा बेलायती राजकुमारको टोली इजिप्ट आएको हो । इजिप्टमा उनीहरूको दुई दिने भ्रमण रहेको जनाइएको छ । (सिन्ह्वा)

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया