आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

एमाले एकै धून र गतिमा दौडिन्छ : योगेश भट्टराई

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले अब एउटै धून र गतिमा अघि बढ्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । 

‘दशौं महिाधवेनशपछि एमाले एउटै धून र गतिका साथ अघि बढ्नेछ । एउटै लय, एउटै धून र एउटै गतिमा दौडिन्छ । एमाले अब हिँड्दैन, दौडिन्छ,’ भट्टराईले भने, ‘एमालेले ५० प्रतिशतभन्दा बढी स्थानीय तहमा जित्ने संकल्पका साथ हामी फर्किन्छौं । अर्को वर्ष मंसिरमा हुने आम निर्वाचन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउनेछ ।’

उनले एमाले सरकारमा पुनः आउने दाबीसमेत गरेका छन् । उनले आगामी महाधिवेशनमा सर्वसम्मत् रूपमा नेतृत्व चयन गरिने पनि विश्वास व्यक्त गरे ।  ‘यो पटक पार्टीमा सर्वसम्मत् रूपमा नेतृत्व चयन गर्ने हो । हामी त्यहीअनुसार अघि बढेका छौं । यदि सर्वसम्मत् भएन भने पार्टीमा नेतृत्वमा प्रतिष्पर्धा गर्ने छुट हरेक प्रतिनिधिलाई छ, पहिलो कुरामा महिाधवेशनमा २२ सय प्रतिनिधिहरुमध्ये हरेक प्रतिनिधिलाई प्रतिस्पर्धा गर्ने छुट छ । तर, हाम्रो मिशन भनेको एमालेमा योपटक सर्वसम्मत् नेतृत्व चयन गर्ने हो,’ भट्टराईले भने ।

उनले कसैलाई प्रधानमन्त्री बनाउनमात्रै एमालेले बहुमत नचाहेको र देशको समस्यालाई हटाउँदै समाजवादमा पुर्‍याउनका लागि एमालेले बहुमत चाहेको बताए ।