कैलालीमा सौतेनी आमासँग बस्दै आएका बालक मृत फेला

कैलाली - धनगढीमा सौतेनी आमासँग बस्दै आएका एक बालक मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका २ शिखर टोलमा बस्दै आएका बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ का बहादुर रोकायाका १० वर्षीय छोरा निशान रोकाया मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार निशान सौतेनी आमा माघी रोकायासँग रोहीणी जोशीको घरमा डेरा गरी बस्दै आएका थिए। निशान कोठाभित्रै मृत फेला परेका हुन्। उनको केहि केही दिन अगाडि नै मृत्यु भएको हुन सक्ने प्रहरी उपरीक्षक अधिकारीले बताए ।
गत कार्तिक ३० गतेदेखि सम्पर्कमा नआएपछि आफन्तलाई खोजी गर्न पठाएपछी बालक कोठामा मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक अधिकारीले बताए । फरार रहेकाहरुको खोजीकार्य भैरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

प्रतिक्रिया