फिलिपिन्समा पूर्वराष्ट्रपतिका छोरा र वर्तमान राष्ट्रपतिकी छोरी एउटै गठबन्धनमा
मनिला- फिलिपिन्समा आगामी निर्वाचनका लागि पूर्वराष्ट्रपति फेर्डिनान्ड मार्कोसका छोरा तथा पूर्वसिनेटर फेर्डिनान्ड मार्कोस जुनियर र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टे एकै ठाउँमा उभिएका छन् ।
पूर्वराष्ट्रपतिका छोरा मार्कोस जुनियरले राष्ट्रपतिमा र वर्तमान राष्ट्रपतिकी छोरी सारा डुटेर्टे उपराष्ट्रपतिमा उम्मेद्वारी दिएपछि एकै समूह बनाएका हुन् ।
पूर्वराष्ट्रपति र वर्तमान राष्ट्रपतिका छोरा छोरी नै चुनावी मैदानमा हुँदा यसैपनि रोमाञ्चक भइरहेको फिलिपिन्सको निर्वाचनमा दुवै जना एउटै समूहमा भएपछि थप रोमाञ्चक भएको छ ।
आगामी सन् २०२२ को मेमा हुने निर्वाचनका लागि यही अक्टोबर १ देखि फिलिपिन्समा राष्ट्रपतीय निर्वाचनको प्रक्रिया सुरु भएको छ ।
गत शनिबार उम्मेद्वारी दर्ता गराएकी वर्तमान राष्ट्रपतिकी छोरी साराले पहिलो पटक सार्वजनिकरुपमा अभिव्यक्ति दिँदै आफू पूर्वराष्ट्रपतिका छोरा तथा अहिले राष्ट्रपतिका उम्मेद्वार फेर्डिनान्ड मार्कोस जुनियरकै समूहमा रहेको उल्लेख गरिन् ।
सामाजिक सञ्जाल फेसबुकमा राखिएको भिडियो सम्बोधनमा उनले आफ्नो समुहलाई फिलिपिन्सका जनताले सेवा गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
राष्ट्रपतिका उम्मेद्वार ६४ वर्षीय मार्कोस र उपराष्ट्रपतिकी उम्मेद्वार ४३ वर्षीय साराको गठवन्धनलाई फिलिपिन्समा बलियो गठबन्धनका रुपमा हेरिएको छ ।
पूर्वराष्ट्रपति मार्कोसका दुई सन्तानमध्ये एक मात्र छोरा मार्कोस जुनियरले तीन वर्ष अगाडि स्थापना गरेको र आफू नै अध्यक्ष रहेको पार्टीको तर्फबाट उम्मेद्वारी दिएका हुन् ।
आफ्ना बुवा राष्ट्रपति भएका बेला उनी इल्लोकोस नोर्टे प्रदेशको पहिलो प्रदेश उपप्रमुखमा सन् १९८१ मा निर्वाचित भएका थिए । उनका बुवा सन् १९६५ डिसेम्बर ३० देखि १९८६ फेब्रअरी २५ सम्म फिलिपिन्सको राष्ट्रपति भएका थिए । उनको निधन १९८९ मा भएको थियो ।
मार्कोस जुनियर सन् २०१० देखि २०१६ सम्म सिनेटरसमेत भएका थिए । सन् २०१६ मा भएको निर्वाचनमा उनले उपराष्ट्रपतिका लागि प्रतिस्पर्धा गरेका थिए ।
भावी राष्ट्रपतिका लागि उनीसहित चर्चित वक्सीङ खेलाडि तथा सिनेटर मान्नी पाक्वुइओ, मनिलाका मेयर फ्रान्सीस्को डोमागोसोले पनि उम्मेद्वारी दर्ता गरेका छन् ।
त्यसैगरी उपराष्ट्रपतिमा प्रतिश्पर्धा गर्न लागेकी साराले देशको प्रभावशाली पार्टी लकास सिएमडीको तर्फबाट उनले उम्मेद्वारी दर्ता गराएकी हुन् ।
उनले पहिला आफ्ना पिताको उत्तराधिकारी नै हुनेगरी राष्ट्रपतिमै प्रतिस्पर्धा गर्ने तयारी गरेपनि मापदण्ड पुरा नभएकाले अहिले उपराष्ट्रपतिमा उम्मेद्वारी दिएकी हुन् । (सिन्ह्वा)

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

प्रतिक्रिया