हिरासतमा रहेका कर्मचारीहरूलाई तुरुन्त रिहा गर्न गुटेरेसद्वारा आह्वान

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चार दिनअघि इथियोपियामा पक्राउ परेका राष्ट्रसंघका १० कर्मचारीलाई तत्काल रिहा गर्न आह्वान गरेका छन् । महासचिवका प्रवक्ताले जारी गरेको विज्ञप्ति अनुसार महासचिवलाई कर्मचारीलाई पक्राउ गर्नाको खास कारणबारे कुनै जानकारी दिइएको छैन र उनीहरूलाई पुष्टि हुने खालको आरोप पनि लगाइएको छैन ।
संयुक्त राष्ट्रसंघका कर्मचारीहरूले इथियोपियामा महत्त्वपूर्ण र निष्पक्ष काम गरिरहेका छन् । महासचिवले संयुक्त राष्ट्रसंघका कर्मचारीहरूको विशेषाधिकार र उन्मुक्तिको सम्मान गर्ने दायित्वलाई जोड दिदै अन्तरराष्ट्रिय र इथियोपियाली दुवै पक्षले यसको सम्मान गर्नुपर्ने धारणा राखेका छन् ।
'सैन्यबल र द्वन्द्वले इथियोपियामा दिगो शान्ति र स्थायित्व ल्याउन सक्दैन,' विज्ञप्तिमा भनिएको छ । महासचिवले द्वन्द्वरत पक्षहरूलाई शत्रुता अन्त्य गर्न र नागरिकहरूको हितलाई प्राथमिकता दिन आग्रह गरेका छन् । त्यसैगरी विज्ञप्तिमा भनिएको छ- सुरक्षित र निर्बाध मानवीय पहुँचलाई तुरुन्तै पुनर्स्थापित गरिनुपर्छ ।
'उहाँले इथियोपियाले सामना गर्ने चुनौतीहरू सबै इथियोपियालीहरू सम्मिलित वार्ताबाट मात्र समाधान गर्न सकिन् भन्ने कुरामा जोड दिनुभएको छ । (सिन्ह्वा)

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

प्रतिक्रिया