अर्मेनीया र अजरबैजानबीचको भीडन्त अन्त्य
यरेभान- अर्मेनीया र अजरबैजानबीचको भीडन्त अन्त्य भएको अर्मेनियाको रक्षा मन्त्रालयले जनाएको छ ।
रुसको मध्यस्ततामा दुई देशबीचमा युद्ध अन्त्य गर्ने सम्झौता अनुसार सीमा क्षेत्रमा भएको भीडन्त अन्त्य भएको हो ।
अर्मेनीयाको पूर्वीसीमा क्षेत्रमा स्थानीय समयअनुसार मङ्गलबार बेलुका ६.३० बजेदेखि भीडन्त अन्त्य भएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको वेभसाइटमा उल्लेख भएअनुसार युद्ध बिराम सम्झौता भइ युद्ध अन्त्य भएपछि घटनास्थलको अवस्था सामान्य रहेको जनाइएको छ ।
पछिल्लो भीडन्तका क्रममा अर्मेनीयाका एक सैनिकको मृत्यु भएको पनि अधिकारीले पुष्टि गरेका छन् ।
घटनास्थलमा सुरक्षा कारबाही रोक्ने सम्झौतामा रुस, अजररबैजान र अर्मोनीयाका उच्च अधिकारीले सहमती जनाएका हुन् ।
सीमा क्षेत्रका भूमिलाई लिएर दुई देशबीचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । सो विवाद बेला बेलामा साम्य हुँदै बल्झिदै आउने गरेको छ । द्वन्द्वका कारण धेरै धनजनको क्षति पनि भएको छ । (सिन्ह्वा)

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया