उदयपुरका अटो तथा सिटी रिक्सा चालकलाई ट्राफिक सचेतना

उदयपुर - जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटले अटो तथा सिटी रिक्सा चालकलाई संयुक्त रूपमा ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिएका छन् । त्रियुगा नगरपालिका–३ त्रियुगा बसपार्कमा बुधबार अटो तथा सिटी रिक्सा चालकलाई ट्राफिक नियमबारेमा जानकारीमूलक प्रशिक्षण दिइएको हो । सवारी दुर्घटनामा अटो रिक्साको संख्या बढि देखिन थालेपछि सुरक्षित यात्राका लागि सचेत गराइएको हो ।
जिप्रका उदयपुरका प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहराले चालकलाई सवारी नियम कडाइका साथ लागू भएको हुँदा लाइसेन्स अनिवार्य चाहिने जानकारी गराएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटका इन्चार्ज लीलाराज श्रेष्ठका अनुसार जिल्लाभरि करिब ७ सय अटो रिक्सा रहेका छन् ।
गत आर्थिक वर्षमा २ सय ३४ सवारी दुर्घटनामध्ये २४ अटो रिक्सा दुर्घटना परेको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय उदयपुरको पछिल्लो तथ्यांकमा अटो रिक्सा बढी दुर्घटनामा परेको देखाएको छ ।

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

प्रतिक्रिया