इ-पासपोर्टको पहिलो प्रति शताब्दी पुरुष सत्यमोहन जोशीलाई

काठमाडौँ - सरकारले इ-पासपोर्टको पहिलो प्रति शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । राहदानी विभागले बुधबार सार्वजनिक गरेको इ–पासपोर्ट परराष्ट्रमन्त्री नारायण खड्काले जोशीलाई प्रदान गर्दै पासपोर्टको औपचारिक सुरुवात गरेका हुन् ।
पहिला हस्तलिखित पासपोर्ट बोक्नुपर्दाको झण्झट सम्झँदै इ-पासपोर्टले सहज हुने कार्यक्रममा जोशीले बताए । उनले अब पासपोर्टको सबै काम अनलाइनमार्फत हुने बताउँदै सेवाग्राहीलाई झण्झट पनि नहुने र अब विदेश यात्रा गर्दा नेपालीले अन्य देशको पासपोर्ट बाहकभन्दा फरक व्यवहारको सामना गर्नुनपर्ने बताए ।
राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले संसारमा अब नेपालको पासपोर्ट विश्वासयोग्य हुने दाबी गरे । ‘हस्तलिखित पासपोर्टबाट इ–पासपोर्टसम्म पुग्नु नेपालका लागि सफलताको विषय हो,’ अर्यालले भने । विभागसँग एक घण्टामा एक हजार इ–पासपोर्ट छाप्ने क्षमता रहेको उनले बताए ।
हरियो रंगको पासपोर्ट पाउँदै आएका सर्वसाधारणले अब हलुका खैरो रङको पासपोर्ट पाउने छन् । कूटनीतिक राहदानी रातो रंगको रहँदै आएकोमा अब सिम्रिक रातो रंगको हुने उनले जानकारी दिए । योसँगै विभागले कूटनीतिक, विशेष, अस्थायी, सिम्यान्स अभिलेख किताब, साधारणअन्तर्गत ३४ र ६६ पृष्ठको गरी ६ प्रकारका पासपोर्ट जारी गर्दै आएकोमा अब सर्भिस पासपोर्टसमेत थपेर सात प्रकारको इ-पासपोर्ट दिने भएको छ।

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

प्रतिक्रिया