के हो रसियाले भारतलाई दिएको एस-४०० हतियार प्रणाली ?
नयाँ दिल्ली- रसियाले भारतलाई एस- ४०० हतियार प्रणाली दिएको छ । भारतको चीन र पाकिस्तानसँग सीमामा तनाब बढिरहेका बेला मस्कोले आणविक उर्जायुक्त हतियार प्रणाली नयाँ दिल्लीलाई दिएको हो ।
रसियाली राष्ट्रपति भ्लादमिर पुटिनको भारत भ्रमण अगाडि नै सो प्रणाली नयाँ दिल्ली ल्याउन लागिएको हो । यस प्रणालीका केही इकाइहरू जल तथा वायुमार्ग हुँँदै भारततर्फ आउँदैछन् ।
हतियार प्रणालीलाई सन् २०२२ को अप्रिल महिनासम्ममा चीन र पाकिस्तानसँगको सीमामा राखिने भारतको तयारी छ । रणनीतिक महत्वको पश्चिमी क्षेत्रबाट सो प्रणालीले चीन र पाकिस्तानको सम्भावित जोखिमलाई निस्तेज पार्ने विज्ञहरुले बताएका छन् ।
‘रसियाले एस ४०० वायु रक्षा प्रणाली भारतलाई प्रदान गरेको छ । पहिलो इकाई छिट्टै नयाँ दिल्ली पुग्नेछ । ’ रसियाको फेडरल सर्भिस फर मिलटरी टेक्निकल कोअपरेसन (एफएसएमटीसी) का निर्देशक दिमित्रे शुगेभले भने । एफएसएमटीसीलाई रसिया महासंघले व्यबस्थापन गर्छ ।
यही ६ डिसेम्बरमा आयोजना हुने बार्षिक भारत- रसिया सम्मेलनका लागि पुटिन नयाँ दिल्ली आउँदैछन् । एक दिवसीय भ्रमणका अवसरमा भारत र रसियाबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछन् ।
पुटिनले बार्षिक सम्मेलनका अवसरमा सन् २०१८ मा भारतको भ्रमण गरेका थिए । सो भ्रमणका अवसरमा एस- ४०० प्रणाली सम्झौताबारे दुई देशबीच हस्ताक्षर भएको थियो । मस्को नयाँ दिल्लीको ठूलो रक्षा साझेदार देश हो ।
के हो एस- ४०० प्रणाली ?
यो सन् १९९० को मध्यतिर रसियाको आल्माज सेन्ट्रल डिजाइन ब्युरो फर मारिन इन्जिनियरिङले विकसित गरेको जमीनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र प्रणाली हो । एस-४०० मा ८ देखि १० ओटासम्म लन्चर र आवश्यकताअनुसार क्षेप्यास्त्र जडान गरिएका हुन्छन् ।
यसले शत्रुको लडाकु विमान, ब्यालिस्टिक मिसाईल र क्रुजजस्ता क्षेप्यास्त्रलाई टाढाबाट ध्वस्त पार्न सक्छ । ४०० किलोमिटर टाढाबाट मार हान्न सक्ने भएकोले यसलाई एस-४०० नाम दिइएको हो ।
यसले एकैपटकमा ३६ वटा क्षेत्रमा निशान बनाउन सक्छ । शत्रुले आकाशमा प्रहार गरेको क्षेप्यास्त्रलाई पहिचान गर्न सक्नु यो प्रणालीको मुख्य विशेषता हो । रसियाले यो प्रणाली अमेरिकी लडाकु विमान र क्षेप्यास्त्रहरूलाई पत्ता लगाएर ध्वस्त पार्न बनाएको हो । त्यही भएर अहिले भारतसँग अमेरिका चिढिएको छ । यो प्रणालीले एशियामा नै भारतलाई रक्षाका दृष्टिले बलियो बनाउने विज्ञहरुको भनाई छ ।
एस-४०० हतियार प्रणाली चीनसँग पनि छ । चीनले तिब्बत नजिकै पर्ने सिचुआन प्रान्तको एउटा हवाई आधारमा याे प्रणाली तैथान गरेको छ । एजेन्सी

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

प्रतिक्रिया