अमेरिकालाई उछिन्दै चीन बन्यो विश्वकै धनी देश

बेइजिङ - अमेरिकालाई उछिन्दै चीन विश्वकै धनी देश बनेको छ । परमार्शदाता म्याकिन्से एण्ड कम्पनीले एक रिपोर्ट सार्वजनिक गर्दै पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको जनाएको हो ।
तथ्यांकअनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा १२० ट्रिलियन डलर पुगेको छ । विश्वको कूल सम्पत्तिको एक तिहाई सम्पत्ति चीनको रहेको छ । पछिल्लो २० वर्षमा विश्वको कूल सम्पत्ति पनि तीन गुणाले बढेको छ । सन् २००० मा विश्वको सम्पत्ति १५६ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा ५१४ ट्रिलियन डलर पुगेको हो ।
चीन विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य हुनुभन्दा एक वर्ष अगाडिदेखिको तथ्यांक सार्वजनिक गरिएको हो । चीन २००१ को ११ डिसेम्बरमा डब्लूटीओको सदस्य भएको थियो । डब्लूटीओको सदस्य भएपछि चीनको अर्थतन्त्रमा तीब्र बिकास भएको विज्ञहरुले बताउँदै आएका थिए ।
अमेरिकामा पछिल्लो दुई दशकको अवधिमा देशको कूल सम्पत्ति ९० ट्रिलियन डलर बढेको छ । विश्वकै ठूला अर्थतन्त्र भएका अमेरिका र चीन दुबै देशमा दुई तिहाईभन्दा बढी सम्पत्ति १० प्रतिशत मानिससँग मात्र छ ।
म्याकिन्से एण्ड कम्पनीले १० ओटा देशहरुको राष्ट्रिय तथ्यांकको आधारमा रिपोर्ट तयार पारेको हो । यी देशहरुले विश्वको आम्दानीको ६० प्रतिशत हिस्सा ओगट्छन् ।
चीन र अमेरिकाबाहेक रिपोर्टमा जर्मनी, फ्रान्स, बेलायत, जापान, स्वीडेन, मेक्सिको र अस्ट्रेलियालाई समावेश गरिएको छ । रिपोर्टअनुसार विश्वको कूल सम्पत्तिको करिव ६८ प्रतिशत सम्पत्ति घर जग्गा क्षेत्रमा लगानी भएको छ ।

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

प्रतिक्रिया