पढाइलाई उमेरले छेकेन, १०४ वर्षीया बृद्धाले ल्याइन् उत्कृष्ट नम्बर
काठमाडौँ - शिक्षा लिन उमेर बाधक हुँदैन । जोकोहीले पनि जुनसुकै बेला अध्ययन गर्न सक्छन्। र, यसको सफल उदाहरण बनेकी छन भारतकी एक बृद्धा ।
केरला राज्यकी १०४ वर्षीया कुट्टिआमाले राज्यले हालै लिएको साक्षरता परीक्षामा उत्कृष्ट नम्बर ल्याएकी हुन् । १०० पूर्णाङ्कमा उनले ८९ नम्बर ल्याएकी हुन् ।
केरलाका शिक्षामन्त्री भी शिभनकुट्टेले ट्विटरमा लेखेका छन्, ‘१०४ वर्षीया कुट्टिआमाले केरला राज्यको साक्षरता अभियानको परीक्षामा १०० पूर्णाङ्कमा ८९ नम्बर प्राप्त गरेकी छन् । ’ बृद्धाको प्रगतिबाट आफू खुसी भएकोसमेत शिक्षामन्त्रीले उल्लेख गरेका छन् ।
परीक्षामा उत्कृष्ट नतिजा ल्याएकोमा शिक्षामन्त्रीले बृद्धालाई बधाई तथा शुभकामना दिएका छन् । ‘उच्च माया र सम्मानसाथ कुट्टिआमा र अन्य नयाँ शिक्षार्थीलाई शुभकामना दिन चाहन्छु ।’ शिक्षामन्त्रीले कुट्टिमायको हाँसेको तस्विरसमेत पोस्ट गरेका छन् ।
केरला सरकारले ल्याएको निरन्तर शिक्षा योजनाअन्तर्गत हालै परीक्षा सञ्चालन भएको थियो ।
सो शिक्षा योजनामा सहभागी नहुन्जेल कुट्टिमाया विद्यालय गएकी थिइनन् । साक्षरता अभियानमा सहभागी नहुन्जेल उनलाई पढ्न र लेख्न आउँदैनथ्यो ।

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

प्रतिक्रिया