सी र बाइडनबीच वार्ता : यस्तो रहयो सवाल जबाफ

बेइजिङ- अमेरिकी राष्ट्रपति जोन बाइडन र चीनका राष्ट्रपति सी चिनफिङबीचको बहुप्रतिक्षित भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकमा दुबै देशका नेताहरुले दुई देशबीचको सम्बन्धलाई अझै सुदृढ बनाउने बाचा गरेका छन् ।
भर्चुल बैठकलाई सुरुमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडनले चीन–अमेरिका सम्बन्धलाई द्वन्द्वमा रुपान्तरण गर्न नहुने धारणा राखेका थिए । बाइडनले सो धारण राख्न नपाउँदै चीनका राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धलाई सकरात्मक दिशातार्फ लैजान बेइजिङ तयार रहेको जबाफ दिएका थिए ।
बाइडनलाई ‘मेरो पाको मित्र’ भनेर सम्बोधन गर्दै राष्ट्रपति सीले दुई प्रतिद्वन्द्वी देशले मिलेर काम गर्नुपर्ने बताएका थिए ।
त्यसपछि बाइडनले एक अर्कासँग बढी औपचारिक हुनुपर्ने भन्दै दुबै जनाबीच यसअघि इमान्दारीपूर्वक टेलिफोन वार्ता भएको स्मरण गरेका थिए । जबाफमा राष्ट्रपति सीले दुई शक्तिशाली देशले एक
ापसमा सहकार्य गर्दा दुबै देशलाई फाइदा हुने बताएका थिए । ‘चीन र अमेरिकाले सञ्चार र सहकार्यलाई जोड दिनुपर्छ,’ उनले भने ।
राष्ट्रपति बाइडनले मानवअधिकार र हिन्द महासागर क्षेत्रका मुद्दालाई उठाएपछि राष्ट्रपति सीले दुबै देशले एक अर्कालाई सम्मान गर्ने र स्थिर सम्बन्ध आवश्यक भएको चीनका जबाफ दिएका थिए ।
बाइडनले दुई देशबीच चुनौती खडा भइरहेको बताइरहेका सीले सञ्चार सुधार गरेर ती सबै चुनौती सामना गर्नुपर्ने बताएका थिए । उनीहरुबीच ताइवानको विषयमा पनि कुराकानी भएको थियो ।
एक साताअघि अमेरिकी सांसदको प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरेको थियो । भ्रमणको अमेरिकाले विरोध गरेको थियो । त्यस अगाडि चीनले ताइवानको हवाई आधारमा लडाकु विमान उडाएको थियो । त्यसको ताइवान र अमेरिका दुबैले विरोध गरेका थिए । चीनले ताइवानमाथि हमला गरे अमेरिकाले प्रतिरोध गर्ने चेतावनी दिँदै आएको छ । एजेन्सी

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

प्रतिक्रिया