आइतबार ११ जेठ, २०८२
Sunday, May 25, 2025

गमगढीमा भीषण आगलागी, २१ घर जलेर पूर्ण नष्ट

काठमाडौँ - मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । राति साढे १२ बजेदेखि लागेको आगोले २१ वटा घर जलेर पूर्ण नष्ट भएका छन् । राति १२ बजे लागेको आगो बिहान ४ बजेमात्रै नियन्‍त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले इकागजलाई जानकारी दिए । उनकाअनुसार आगो नियन्‍त्रणमा लिए पनि पूर्ण रूपमा निभिसकेको छैन ।

आगलागीबाट हालसम्‍म कुनै मानवीय क्षतिको विरवरण प्राप्‍त नभएको उनले बताए । तर ठूलो भौतिक क्षति भएको उनको भनाइ छ । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको उनले बताए । अहिले पनि सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगोलाई पूर्ण रूपमा निभाउने काम भइरहेको छ ।