डुंगा दुर्घटनामा आठ आप्रवासीको निधन

ग्रेन क्यानेरिया- ग्रेन क्यानेरियाको एक टापूस्थित समुद्रमा डुगा दुर्घटना हुँदा कम्तीमा पनि आठजना आप्रवासीको ज्यान गएको छ । आइतबार क्यानरे सामुद्रिक किनारमा सो दुर्घटना भएको बताइएको छ । सो डुंगाले कम्तीमा पनि ६२ जना यात्रु बोकेको थियो । त्यस दुर्घटनाका क्रममा ती आठ जनाको ज्यान गएको र अरुको सकुशल उद्धार गरिएको थियो ।
डुगा दुर्घटना भएपछि तुरुन्त उद्धारको काम थालिएको थियो । यस क्रममा सातजनाको शव भेटिएको र अर्का एकजनाको अस्पताल लैजाने क्रममा निधन भएको यहाँका अधिकारीले जनाएका छन् ।यस स्थानबाट आप्रवासीहरुले निकै नै जोखिमपूर्ण अवस्थाबाट यात्रा गर्ने गर्दछन् । यसका कारण यहाँ यसअघि पनि कैयौँ आप्रवासीको यात्राकै क्रममा निधन भएको थियो ।
यस उत्तरपश्चिमी अफ्रिकी क्षेत्रबाट अवैध रुपमा आप्रवासीहरु समुद्र तर्ने गर्दछन् । तर यहाँ डुंगाको यात्रा निकै असुरक्षित रहेको छ । (सिन्ह्वा)

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

प्रतिक्रिया