लाओसका सबै विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु

विनतियन- एसियाली मुलुक लाओसका विद्यालयहरूमा सोमबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ ।
सरकारले सूचना जारी गर्दै भौतिक उपस्थितिमै विद्यालयहरूमा पठनपाठन सुरु गर्न आह्वान गरेपछि देशभरका विद्यालयमा पढाइ सुरु भएको हो ।
कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि भौतिक उपस्थितिमा पठनपाठन ठप्प भएकोमा सोमबारदेखि फेरि सूचारु भएको हो ।
महामारी नियन्त्रणसम्बन्धी सरकारी उच्च अधिकारीहरू, सरोकारवालाहरू र विज्ञहरूसँगको छलफल र परामर्शका क्रममा अबदेखि भौतिक उपस्थितिमा पढाइ सुरु गर्नु उपयुक्त हुने सुझाव आएको थियो ।
सुझावका आधारमा सरकारले सूचना जारी गरेपछि विद्यालयका सरोकारवालाहरूले विद्यालय सञ्चालन गरेका हुन् ।
कोरोनाभाइरस फेरि फैलिन नदिनका लागि सतर्कता भने अपनाइरहनु पर्नेमा विज्ञहरूले जोड दिएका छन् । तर अहिले प्रतिबन्धात्मक व्यवस्था भने कुनै नरहेको उनीहरूको भनाइ छ ।
सरकारले विमानस्थल तथा जल यातायात मार्फत मानिसहरूलाई आवतजावत गर्न वा सामानहरू ओसारपसार गर्न दिन थालेको छ ।
त्यसैगरी कुनै पनि यात्रुहरूलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था पनि अहिलेका लागि हटाइएको अधिकारीहरूले जनाएका छन् ।
सबै क्षेत्रमा खुल्ला गरेसँगै देशभरिको जनजीवन पनि अहिले सामान्य हुँदै गएको र आम नागरिक खुसी भएको समाचारमा जनाइएको छ ।
लाओस सरकारले यही वर्ष सन् २०२१ को अन्त्यसम्ममा खोप लगाउन मिल्ने कूल जनसङ्ख्याको आधालाई खोप लगाइसक्ने योजना बनाएको छ ।
लाओसमा अहिलेसम्म कोरोनाभाइरसबाट ५५ हजार १८ जना सङ्क्रमित भएका छन् भने १०४ जनाको कोरोनाकै कारणले मृत्यु भएको छ ।
त्यसैगरी लाओसमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १० हजार १५८ रहेको अधिकारीहरूले जानकारी दिएका छन् । (रासस/सिन्ह्वा)

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

प्रतिक्रिया