सात बुँदे सहमतिपश्चात जनकपुरमा निषेधाज्ञा हटाइयो

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका– २० देवपुरा रुपैठामा लगाइएको निषेधाज्ञा हटाइएको छ । दुई समुदायबीच सहमतिपश्चात निषेधाज्ञा हटाइएको हो । सोमबार दई समुदायबीच भएको छलफलमा सात बुँदे सहमति भएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
सहमतिमा स्थानीय तेलिया पोखरी अबदेखि उपमहनरपालिकाको अधिनमा रहने, उक्त पोखरीको व्यवस्थापन तथा संरक्षण उपमहनरपालिकाले नै गर्ने, हिन्दूको छठ र मुस्लिमको दाहाजस्ता पर्व प्रशासनलाई पूर्वजानकारी गराई पोखरीमा माटो नझर्ने गरी गर्ने, मुस्लिम समुदायले त्यहाँ गाडेको झण्डा अन्य स्थानमा व्यवस्थापन गर्ने, दुवै समुदायले एकअर्कालाई सम्मान गर्नेलगायतका सहमति भएको छ ।
त्यसैगरी उक्त सहमति कार्यान्वय गराउन उपमहनगरपालिका उपमेयर रीताकुमारी मिश्रको संयोजकत्वमा दुवै समुदायबाट चार–चार जना प्रतिनिधि रहने गरी समितिसमेत गठन गरिएको छ ।

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया