अरूको आइफोन अब साइडबाट चिहाएर हेर्न नमिल्ने!

काठमाडौँ- एप्पलले नयाँ पेटेन्ट दर्ता गरेको छ जसले आइफोन प्रयोग गरेको ठाउँबाट चिहाएर हेर्न नमिल्ने जनाएको छ । आइफोन प्रयोगकर्ताले विशेष किसिमको चस्माबाट आफ्नो आईफोनको स्क्रिनमा भएका कन्टेन्ट हेर्न पाउनेछन् । तर, साइडमा भएका प्रयोगकर्ताले भने हेर्न सकिदैंन् ।
यो फिचर आएपछि आइफोन प्रयोगकर्ताले गाडीमा तथा अफिस कार्यालयमा अरूको अगाडि आइफोन प्रयोग गर्न सहज हुने एप्पलले जनाएको छ । सार्वजनिक सवारीसाधन, कार्यालय, भिडभाड रहेका अन्य स्थानमा प्रायः प्रयोगकर्तालाई आफ्नो मोबाइल ढुक्कसँग चलाउन यसले सहयोग गर्नेछ ।
प्राइभेसी आइवेयर नामक यो फिचर एप्पलले दर्ता गरेको छ । प्रयोगकर्ताको गोपनियतालाई ध्यानमा राख्दै एप्पलले यो विशेषता ल्याउने तयारी स्वरुप यो पेटेन्टलाई दर्ता गरेको जनाएको छ ।
प्राइभेसी आइवेयर फिचरमा एक विशेष किसिमको ग्लासहुने र आइफोन प्रयोगकर्ताले मात्र यो फिचरलाई देख्न सक्नेछन् । एप्पल पेटेन्ट अनुसार यो फिचरले प्रयोगकर्तालाई आईफोनको स्क्रिनमा देखिने ग्राफिकल आउटपुटलाई ब्लर गर्नका साथै त्यससँगै अन्तरक्रिया गर्ने अवसर दिनेछ । यसमा अन्य प्रयोगकर्तालाई भने ब्लर देखाउने गर्छ ।

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण

नेसनल प्याब्सन बुढानिलकण्ठद्वारा विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लाग…

गणित बोलौं ! केवल पाँच दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

धुलिखेलमा परामाणविक केन्द्र निर्माणको प्रक्रिया बढाइँदै, क्यान्सरको उपचारमा उपय…

प्रतिक्रिया