वृद्ध भत्ता लिन बिहानैदेखि लाइनमा

कैलाली - सरकारले ज्येष्ठ नागरिक, एकल महिलालगायत लक्षित समूहका व्यक्तिलाई भत्ता उपलब्ध गराउँदै आएको छ । बुढेसकालमा केही राहत होस् भनेर सरकारले उपलब्ध गराउदै आएको बृद्ध भत्ता बुझ्न भने लक्षित समूहलाई समस्या हुने गरेको छ । वृद्ध, अपांग, एकल महिलालगायतका भत्ता लिन बैंकमै धाउनु पर्ने बाध्यता भएपछि उनीहरूलाई समस्या भएको हो ।
बैंक १० बजे खुल्ने भए पनि सबेरै लाइन लाग्न बैंक पुग्ने गरेको गौरीगंगा नगरपालिका-२ कि सीतादेवीले बताइन् । उनले अलि ढिलो भयो भने त पालो नै आउदैन भन्दै सरकारले दिने भत्ता वृद्धवृद्धालाई घर घरमै पुर्याउने व्यवस्था गरिदिन आग्रह गरिन् ।
सीता जस्तै वृद्ध अवस्थाका थुप्रै महिला तथा पुरुषहरू बिहानै बैंक पुग्ने गरेका छन् । गौरीगंगा नगरपालिकाको मसुरिया बजारमा रहेको एनआइसी एसिया बैंकमा भत्ता बुझ्ने दिन सबेरै यस्तै लाइन सधैजसो देख्न सकिने गौरीगंगा नगरपालिका ६ का बुधराम चौधरीले बताए । उनले बैंक भुईँ तलामा भए सहज हुने बताउदै एकतलामाथि उक्लिन समस्या हुने गरेको बताए ।
उनले पनि सीताले जस्तै अझै घरघरमै उपलब्ध भए सहज हुने प्रतिक्रिया दिए । सरकारले उपलब्ध गराएको भत्ताले दैनिकीमा केही सहज भएको बताउदै मसुरियाका नाथुरामले जाडोको महिनामा भत्ता लिन आउन निकै समस्या हुने गरेको बताए । उनले जाडो त्यस्तैमाथि घन्टौ लाइन बस्नु पर्दा कतिपय बिरामीसमेत हुने गरेको बताए ।

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया