युरोपेली संघले फाइजर-बायोएनटेकद्वारा निर्मित खोप प्रयोग गर्ने
युरोपेली संघ (ईयू) को औषधिसम्बन्धी नियामक निकायले सो समूहमा आबध्द २७ राष्ट्रमा फाइजर-बायोएनटेकले बनाएको कोभिड-१९ विरुध्दको खोप प्रयोग गर्न सिफारिस गरेको छ । ‘युरोपियन मेडिसिन्स एजेन्सी’ (ईएमए) ले संयुक्त राज्य अमेरिका र बेलायतमा प्रयोगमा आइसकेको फाइजर-बायोएनटेकद्वारा निर्मित खोप ईयूका ४४ करोड ६० लाख बासिन्दामा प्रयोग गर्न सशर्त सिफारिस गरेको केही घण्टाभित्र नै युरोपेली आयोगले त्यसलाई औपचारिक रूपमा अनुमोदन गरेको छ ।
ईएमएकी कार्यकारी निर्देशक इमा कुकले भने, “धेरैका लागि पीडा र कठिनाइ निम्त्याएको कोरोनाभाइरस महामारी विरुध्दको लडाइँमा खोपको प्रयोग आवश्यक भएको र यसका लागि फाइजर-बायोएनटेकद्वारा निर्मित खोपलाई प्रयोग गर्न सिफारिस गरिएको छ । यो एउटा महत्वपूर्ण खुड्किलो हो ।”
उनले थपे, “हाम्रो बृहत् मूल्याङ्कनको अर्थ हामी ईयूका नागरिकहरूलाई यो खोपको सुरक्षा र प्रभावकारिताबारे ढुक्क भएर आश्वस्त तुल्याउन सक्छौँ र खोपले आवश्यक मापदण्डहरू पनि पूरा गरेको छ । यद्यपि हामीले हाम्रो कामलाई यहीँ रोक्नेछैनौँ । ईयूमा यो खोप लिने मानिसहरूको सुरक्षाका लागि हामीले खोपको सुरक्षा र प्रभावकारितासम्बन्धी विवरणहरू सङ्कलन तथा तिनको विश्लेषण गर्ने काम हामीले गरिरहनेछौँ ।”
खोपको प्रयोगका लागि स्वीकृति पाएसँगै ईयूका केही सदस्य राष्ट्रहरूमा अर्को आइतवारदेखि फाइजर-बायोएनटेकले बनाएको खोप वितरण गर्ने सम्बन्धित मुलुकका सरकारी अधिकारीले बताएका छन् । यसका लागि जर्मनीले थुप्रै खोप केन्द्रहरू खडा गरिसकेको र शुरूमा जोखिममा रहेका नागरिकलाई आइतवार खोपको पहिलो मात्रा दिने अपेक्षा गरिएको छ । खोप विकास गरेको कम्पनी र विज्ञहरूका अनुसार कोरोनाभाइरस विरुध्दको यो खोपको दुई मात्रा लिनुपर्छ । पहिलो मात्रा लिएपछि रोगप्रतिरोधी क्षमता विकास हुन शुरू हुन्छ तर दोस्रो मात्रा दिइएको सात दिनपछि मात्र त्यसले पूर्ण प्रभाव देखाउछ ।
ईयूका सदस्य राष्ट्रहरूमा अहिलेसम्म कोभिड-१९ सङ्क्रमित तीन लाख ११ हजार व्यक्तिको मृत्यु भइसकेको छ । क्रिसमस र नयाँ वर्ष २०२१ को बिदाका बेला हुने मानिसहरूको जमघटलाई लिएर सङ्क्रमण थप फैलिन सक्ने त्रास बढेको भन्दै यूरोपका अधिकांश मुलुकले नियन्त्रणका उपायहरूलाई पुनः सक्रिय बनाइएको छ । जर्मनी र नेदरल्यान्ड्सलगायतका मुलुकले आंशिक लकडाउन नै गरिसकेका छन् । (रासस)

प्रकृति लम्साल प्रकरणका आरोपित युवक अद्विक श्रीवास्तव धरौटीमा रिहा

ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

तेहरान खाली गर्न ट्रम्पको धम्कीपछि इरानीहरू तेहरान छाडन थाले

इरानमाथि हमला गर्ने कि नगर्ने बारेमा ट्रम्प सोचिराखेका छन् : न्यूयोर्क टाइम्स

बङ्गलादेश : हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_1BRycu0jZR_xmaqfg9hlapns2y8xtlkqf6zspofpxqt4pwlyi8jrhulgtl52bmizwewb8wg_e6lgDAcenH_c1xhdhioww95obsmoogelkj3xafwiytlf7yvzp7eho8fy88xyjghqscxm8wr.jpg)
प्रतिक्रिया