आइतबार ११ जेठ, २०८२
Sunday, May 25, 2025

दर्शनार्थी बोकेको बोलेरो जीप दुर्घटना : तीन जनाको मृत्यु

ओखलढुंगा - चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेकाे बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मत्यु भएको छ भने १४ जना घाइते भएका छन् । सुनकोशी गाउँपालिका-८ च्यानम हुँदै ककनीतर्फ जाँदै गरेकाे प्रदेश३-०१-०२२ च ९६९४ नम्बरको जीप सोमबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका-९ को जौबारी नजिकैको कुसाङमाभ सडकबाट करीब ६ सय मिटर तल खसेको थियाे ।

दुर्घटनामा परी घाइते भएकाको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए । गम्भीर घाइतेलाई काठमाडाैं लैजान हेलिकाेप्टर झिकाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।