बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

बाइडेनले लगाए कोभिड-१९ को खोप

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सोमबार कोरोनाभाइरस विरुध्दको खोप दिइएको छ । बाइडेनलाई खोप दिँदा अमेरिकी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । 

अठहत्तर वर्षीय बाइडेनलाई डेलावेयर राज्यको नेवार्कस्थित क्रिस्टियाना अस्पतालमा फाइजरको खोप दिइएको थियो । बाइडेनकी पत्‍नी जिल बाइडेनलाई पनि यसअघि नै खोप दिइएको थियो ।

त्यस अवसरमा बाइडेनले खोप लगाउँदा कुनै चिन्ता नलिन अमेरिकी जनतासँग आग्रह गरेका थिए । हालसम्म तीन लाख १८ हजारभन्दा बढी अमेरिकीको ज्यान लिइसकेको कोरोना भाइरसविरुध्द खोप लगाउने अभियान अमेरिकाका विभिन्‍न राज्यमा जारी छ । 

उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उहाँका पतिले भने अर्को साता खोप लिने कार्यक्रम छ । यसैबीच, उपराष्ट्रपति माइक पेन्स र उनकी पत्‍नीले गत साता नै खोप लगाइसकेका छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले खोप लिने वा नलिने बारेमा केही बताएका छैनन् । 

अमेरिकामा हाल फाइजर-बायोएनटेकले विकास गरेको खोपका अलावा मोडर्ना फर्मास्युटिकल्सले निर्माण गरेको खोप पनि प्रयोगमा ल्याइएको छ । (रासस