जनकपुरमा जारी निषेधाज्ञा दुई दिन थपियो

जनकपुरधाम - जनकपुरमा स्थानीय प्रशासनले शनिबारबाट आइतबार (आज) रातिसम्म लगाएको निषेधाज्ञाको समयावधि थपेकाे छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले केहीबेरअघि सूचना जारी गरेर निषेधाज्ञाको समय थपेका हुन् । कार्तिक ३० गते १० बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको सूचनामा उल्लेख छ ।
पुर्वमा जलाद नदीको कली बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म कुनै प्रकारको भेला जुलुस, प्रर्दशन, घेराउ, र्याली, सभाजस्ता क्रियाकलाप गर्न नपाउने गरी निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।
धार्मिक संगठनले शनिबार निकालेको जुलुसका क्रममा प्रहरीसँग झडप भएपछि प्रजिअ बास्तोलाले दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका थिए । यसैबीच आइतबार मुस्लिम समुदायका व्यक्तिहरूले रूपैठा नीम चोक वडा सदस्यलाई सोही विवादलाई लिएर कुटपिट गरी घाइते बनाएका छन् ।
वडा सदस्य महतो कुटिएपछि दुवै समुदायबीच पुनः झडपको अवस्था सिर्जना भएको हो । २४ कात्तिकमा छठ पर्व मनाउने क्रममा स्थानीय दुई समुदायबीच विवाद भएपछि त्यहाँको अवस्था खल्बलिएको हो ।
जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेकाे सूचना :

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया