वरिष्ठ साहित्यकार बजिमयको निधन
काठमाडौँ – वरिष्ठ साहित्यकार एवम् चर्चित कवि प्राज्ञ विजय बजिमयको आइतबार निधन भएको छ । शारीरिकरूपमा जन्मजात अपांग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका बजिमय ०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मिएका थिए ।
०२९ सलमा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गरेका लोकतान्त्रिक स्रष्टा बजिमयको ‘समय भनेको समय हो’ (कविता संग्रह), ‘अन्त्वत्तोगत्वा’ (कथा संग्रह) प्रकाशित छन् भने केही कृति प्रकाशनको तयारीमा पनि छन् ।
कवि कृसु क्षत्रीका अनुसार राष्ट्रिय कविता महोत्सव, व्यथित काव्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, मानश्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार र गजलश्री सम्मानबाट सम्मानित बजिमयले दर्जनौं साहित्यिक पत्रिकाको सम्पादन गरेका थिए ।
बजिमय सांस्कृतिक संस्थानका अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य, वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका सदस्य, पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष, नेपाली लेखक संघको केन्द्रीय नेतृत्वमा रहिसकेका छन् । अविवाहित बजिमयको पार्थिव शरीरलाई दाहसंस्कारका लागि आइतबार उनको जन्मस्थल पोखरा लगिएको परिवार स्रोतले जनाएको छ ।

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया