भुक्तानी नपाएसम्म नफर्किने उखु किसानको अडान

काठमाडौं : उखु किसानहरूले आफुहरूले पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । उखु किसानहरूले आज (मंगलबार) पनि काठमाडौंको माइतीघर मण्डालामा प्रदर्शन गरेका छन् ।
चिनी मिलबाट पाउन बाँकी भुक्तानी नपाएको भन्दै उखु किसानहरू १० दिन यता माइतीघर मण्डालामा निरन्तर प्रदर्शन गरिरहेका छन् । किसानहरूले चिनी मिल सञ्चालकहरूबाट करिब ९० करोड रुपैयाँ पाउन बाँकी छ । गत वर्षको सरकारले उद्योगीहरूबाट भुक्तानी दिलाउन किसान र उद्योगीबीच सम्झौता गराएपनि उक्त सम्झौता अनुसार भुक्तानी नपाएपछि किसानहरू फेरी काठमाडौंको माइतीघर मण्डलामा आएर आन्दोलन गर्न बाध्य भएका हुन् ।
सरकारले किसानको भुक्तानी नदिने उद्योगीहरूलाई कारबाही गर्ने बताएपनि अहिले सम्म कुनैपनि उद्योगीलाई कारबाही गरेको छैन् । किसानहरूले आफ्नो भुक्तानी पाउन पनि सकिरहेका छैनन् ।

लम्पि स्किनविरुद्धको खोप अभियान सञ्चालन गरिने

बागलुङमा एक लाख ९३ हजार पशुचौपायालाई खोप

अवैध रूपमा भित्रिने माछाका कारण किसान समस्यामा

प्राङ्गारिक खेती प्रवर्द्धन गर्दै कर्णाली प्रदेश

महोत्तरीमा धान रोपाइँ ६० प्रतिशत

गाईपालनबाट मासिक तीन लाख ५० हजार आम्दानी

कम्पनी भन्छ– ‘मल छ’, किसान भन्छन्, ‘पाइएन’

प्रतिक्रिया