नाइजेरियामा १५ बन्दुकधारीको मृत्यु

काठमाडौँ- नाइजेरियामा सरकारी सुरक्षाकर्मीहरुको कारबाहीमा परी कम्तीमा १५ बन्दुकधारी मारिएका छन् । उनीहरुले अरु ४८ बन्दुधकारीलाई पक्राउ पनि गरेको सैन्य अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
त्यसैगरी बन्दुकधारीहरुबाट अपहरमा परेका ४२ लाई पनि सुरक्षाकर्मीहरुले रिहा गराएका छन् । मारिएका, पक्राउ परेका र रिहा भएकाहरुको यो सङ्ख्या गत अक्टोबर २९ देखि गत बिहीबारम्मको हो ।
राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता बेर्नार्ड ओनीएउकोले सरकारी सुरक्षाकर्मीलाई सफलता प्रान्त भइरहेको र बन्दुकधारीहरुलाई निस्तेज पार्दै गएको दाबी गर्नुभयो ।
सुरक्षाकर्मीहरुले हवाई आक्रमण समेत गरेका थिए । उनीहरुले आपराधिक तथा हिंसात्मक गतिविधिका विरुद्धमा कारवाही अभियान जारी रहने पनि जनाएका छन् । सिन्ह्वा

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

प्रतिक्रिया