बैतडीमा प्रसिद्ध धामको जात्रा सम्पन्न

बैतडी – बैतडीको सुर्नया गाउँपालिका– ४ स्थित सनसेरीमाण्डौं मन्दिरमा लागेको जात्रा भव्य रूपले सम्पन्न भएको छ । बुधबार साँझदेखि लागेको जात्रा बिहीबार बिहान सम्पन्न भएको मन्दिरका पुजारी विष्णुदत्त भट्टले बताए । रातिको समयमा दर्शनार्थीको उपस्थिति बढी भएको उनले बताए ।
जात्रामा सुर्नया गाउँपालिका सहित जिल्लाभरिबाट दर्शनार्थी आउने र बसाई सरेका व्यक्तिसमेत जात्राका लागि घर फर्किने गरेको स्थानीय गणेशबहादुर महराले बताए । रौलाकेदार धाममा समेत भव्य जात्रा लाग्ने उनले बताए । रौलाकेदार धामको जात्रामा उपस्थित भई दर्शन गरेमा मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।
यस धाममा हरेक तीन वर्षमा जात्रा लाग्ने गर्दछ । उक्त जात्रामा सीमावर्ती भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् ।
विभिन्न ठाउँबाट बाजागाजासहित भक्तजन रौलाकेदार धाममा पुग्ने गरेको स्थानीय सुरेश महराले बताए । भक्तजन राति धाममै बास बसेर भोलिपल्ट स्नान गरी घर फर्कने गरेको उनले जानकारी दिए ।
यस्तै सुर्नया गाउँपालिका–८ स्थित गुफा केदार मन्दिरमा बुधबार भव्य जात्रा लागेको छ । उक्त मन्दिरको जात्रा सम्पन्न भएपछि बिहीबार गलिनाथ मन्दीर र शुक्रबार भूमिराज मन्दिरमा जात्रा लाग्ने पुजारी विनोद अवस्थीले बताए । गुफाकेदार मन्दिर यस क्षेत्रको प्रसिद्ध धार्मिक स्थल भए पनि प्रचार प्रसारको अभावले ओझेलमा परेको उनले बताए ।
गुफा केदारमा दर्शन गर्न आउने व्यक्तिको मनोकामना पुरा हुने जनविश्वास रहेको अवस्थीले बताए । अवस्थीले भने, ‘यस मन्दिरमा भाकल लिएर आउने दर्शनार्थीको मनोकामना पूर्ण हुन्छ । निःसन्तानलाई सन्तान र निर्धनलाई धन सम्पत्ति दिन्छ भन्ने विश्वास छ । त्यो भाकल लिएर आएको कयौं व्यक्तिको भाकल पुरा भएको छ ।’ भूमिराज मन्दिरमा लाग्ने जात्रामा १ सय ५० बढी बोकाको बलि दिइने पुजारी अवस्थीले बताए ।

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया