मोरङ कारागारभित्र कैदीको शंकास्पद मृत्यु

विराटनगर – जिल्ला कारागार मोरङभित्र बुधबार राती एक कैदीको शंकास्पद मृत्यु भएको छ । ६ वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको रतुवामाई नगरपालिका–१० (साविक इटहरा–८) का ४३ वर्षीय नारायण थापाको मृत्यु भएको निमित्त जेलर राम पोखरेलले जानकारी दिए ।
पेट दुखेपछि उपचारका लागि बिहीबार बिहान कोसी अस्पताल लगिएकोमा उनको मृत्यु भएको जनाइएको छ । उनी जबरजस्ती करणी मुद्दामा १० वर्षका लागि जेल परेका थिए । मृतक थापाको शव कोसी अस्पतालमै राखिएको जेलर पोखरेलले बताए । घटनापछि मृतकका आफन्तलाई बोलाइएको उनले बताए । थापा यसअघि जेलभित्र बिरामी भएको रेकर्ड नभएको जनाइएको छ । थापाको अचानक मृत्यु भएपछि घटनालाई रहस्यमय रूपमा लिइएको छ । मोरङ कारागारभित्र केही दिनअघि मात्रै कैदीबन्दीहरूको दुई समुहबीच झडप भएको थियो ।
कात्रिक मण्डल समुहको नेतृत्वमा चौकीदार किरण गुरुङसहित नाइके र भाइनाइकेहरूलाई नियन्त्रणमा लिएर कुटपिट भएपछि झडप भएको थियो । झडपमा थापा संलग्नताबारे खुलेको छैन । आफन्तहरूले भने बिहीबार राति १ बजेतिर नारायणको मृत्यु भएको खबर आएको जानकारी दिएका छन् । मृतकका भाइ हरि थापाले घटना थाहा पाएपछि आफुहरू अहिले विराटनगर जाँदै गरेको जानकारी दिए ।

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया