उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भयो छठ

विराटनगर - हिन्दू धर्मावलम्बीहरूले आरोग्यताका लागि आस्था राखेर मनाउने छठ पर्व आज उदाउँदो सुर्यलाई अर्घ्य दिएर समापन गरिएको छ । खोला, नदी, तलाउ र नहरका किनारमा सूर्य आराधना गर्दै ब्रत बसेका ब्रतालु भक्तजनहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठ पर्व अन्त्य गरेका हुन् ।
कसार, ठेकुवा, केरा, उखु, मेवालगायतका फलफुल एवं भुसवा, माटोले बनाइएको हात्तीको प्रतिमा, सुप, कनसुपतीसहितको कलशलाई अर्घ्यसँगै सूर्यलाई चढाउने गरिन्छन् । त्यसरी चढाइने ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रतिको समर्पण मानिएको छ ।
विराटनगरको सिंघीया खोलाको घिनाघाट र हाटखोलालगायतका स्थानमा बिहानैदेखि सूर्य नउदाउन्जेल पूजाआजा गरेका छन् । त्यसैगरी केसलिया नहर, मोरङ सुनसरी सिंचाई आयोजनाको नहरलगायतका स्थानमा भक्तजनहरूले सूर्यलाई अर्घ्य दिएर छठ समापन गरेका छन् ।
हिजो बेलुका अस्ताउँदो सूर्यलाई पूजा गरेका उनीहरूले आज सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । ब्रतालुहरूले हातमा पिठार र सिन्दुर लगाएर केरा, नरिवल, उखु लगायतका फलफुल सुर्यलाई चढाएका छन् ।
सूर्यलाई चढाइसकेपछि घाटबाट घर फर्किएका ब्रतालुहरूले फलफुल, ठेकुवालगायतका सामग्री प्रसादिका रूपमा घरपरिवार र छरछिमेकलाई बाँड्ने गरेका छन् ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया