मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ
पर्सा – मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ भिष्वा बस्ने २२ वर्षीय सुरज सहनी र सोही ठाउँ बस्ने १९ वर्षीय सुजित सहनी छन् ।
वीरगञ्जको नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको ना.२९ प ६७९० नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले सो मोटरसाइकलको चाबी र हेन्डिल लक फोरेर चोरी गरी भाग्दै गरेको अवस्थामा सोही अस्पतालका गार्डले देखी जिल्ला प्रहरी कार्यालय पर्सामा
जानकारी गराउनासाथ तत्काल वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरु उपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया