आइतबार ११ जेठ, २०८२
Sunday, May 25, 2025

१ सय २२ केजी गाँजासहित एक जना पक्राउ

हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिका–९ जयसिंहस्थित सडकबाट १ सय २२ केजी अवैध लागूऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा राक्सीराङ गाउँपालिका–२ बस्ने ४२ वर्षीय नरबहादुर मोक्तान रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले  बुधबार बिहान पक्राउ गरेको हो । 

शंकास्पद सामानको सुरक्षा गरी बसिरहेको अवस्थामा प्रहरीले उक्त सडक किनारामा मोक्तानलाई जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीउपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।