मुगुमा एक युवती मृत फेला

मुगु – मुगुमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । खत्याड गाउँपालिका– ६ रास्कोटी बाडाका बाँचे शाहीकी छोरी अन्दाजी १८ वर्षीया मण्डला शाही मृत अवस्थामा फेला परेकी हुन् ।
घरभन्दा करिव ५ सय मिटर पर रूखमा झुण्डिएको अवस्था मण्डला फेला परेको प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले बताए । उनका अनुसार घरबाट हराएको जानकारी परिवारले दिएपछि माँझचौरबाट खटिएको प्रहरी टोलीले खोजखबर गर्दा मंगलबार उनी मृत अवस्था फेला परेकी थिइन् । थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट केही सुरक्षाकर्मी पठाइएको उनले बताए । मृत्यकाे कारण भने खुल्न बाँकी रहेकाे र घटनाबारे थप अनुसन्धान भइरहेको भट्टराईको भनाइ छ ।

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया