लम्कीस्थित पूर्वपश्चिम राजमार्गमा स्थानीयबासीको पुनः अवरोध

कैलाली – कैलालीमा एक युवाको हत्या भएपछि आक्रोशित स्थानीयबासीले लम्कीस्थित राजमार्गमा पुनः अवरोध गरेका छन् । हत्यामा संलग्न सबैलाई प्रहरीले पक्राउ गरी कारबाही र अनुसन्धानको प्रक्रिया सुरु गरेपछि राजमार्ग खुलाउन स्थानीयबासी सहमत भएकाले बुधबार बिहान लामो तथा छोटो दूरीका सवारी साधन चलेका थिए ।
सम्भावित तनावलाई मध्यनजर गर्दै सो स्थानमा बुधबार दिउँसो परिचालित नेपाली सेनाको गाडीमाथि स्थानीयबासीले ढुंगा प्रहार गरेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
अपराह्न स्थानीयबासीले सेनाको गाडीमा ढुंगा प्रहार गरेपछि राजमार्गमा सवारी सञ्चालन पुनः रोकिएको हो । स्थनीयको हत्या भएको घटनामाथि सेनाले हस्तक्षेप गरेको भन्दै आक्रोशित स्थानीयले सेनाको गाडीमा ढुंगा प्रहार गरेपछि प्रहरीले केही शेल अश्रुग्यास प्रहार गरेको छ । मंगलबार राति खुकुरी प्रहारबाट लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या भएपछि स्थानीबासी सडकमा उत्रिएका हुन् ।

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

प्रतिक्रिया