जिल्ला प्रशासन कार्यालय बैतडीमा कर्मचारी अभाव

बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडीमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दरबन्दीअनुसारका कर्मचारी नहुँदा कार्यालयले नियमित रूपमा सम्पादन गर्नुपर्ने काममा ढिलाइ हुने गरेको छ ।
कर्मचारी अभावका कारण यसै महिनाको सुरुवातमा अविरल वर्षाले क्षति पुर्याएका ठाउँमा समेत प्रशासन कार्यालयको नेतृत्व पुग्न सकेको छैन । विगतमा प्रकोप भएको ठाउँमा सबैभन्दा पहिला जिल्ला विपत् व्यवस्थापन समिति अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी पुग्ने गरेकोमा अहिले नपुगेको दशरथचन्द नगरपालिकाका– ३ का अजब पाण्डेयले बताए । ‘अहिले जिल्लाभरी बाढी पहिरोका घटना भए पनि प्रमुख जिल्ला अधिकारी जिल्लामा छैनन् । उहाँको गैरजिम्मेवारी देखिएको छ । उहाँकै निष्क्रियताका कारणसमेत प्रशासनमा कर्मचारी अभाव भएको हुनसक्छ,’ उनले भने ।
दसैं पहिला बिदामा बसेका बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे अझै पनि जिल्ला फर्किएका छैनन् । जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव भएकै कारण चाडपर्वका बेला गरिनुपर्ने बजार अनुगमन कार्यसमेत हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयमा २३ जना कर्मचारीको दरबन्दी रहेकोमा १७ जना मात्रै कार्यरत रहेका छन् ।

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

प्रतिक्रिया