सेनाका मेजरले मदिरामा लट्ठ भएर वितण्डा मच्चाएपछि चिसापानी तनावग्रस्त

कैलाली- नेपाली सेनाका मेजर मदिरामा लट्ठ भएर वितण्डा मच्चाएपछि कैलालीको चिसापानी क्षेत्र तनावग्रस्त बनेको छ । चिसापानी वरपर व्यवसाय गर्नेहरु कोही पनि बोल्न मानिरहेका छैनन् ।
आइतबार राति लम्किचुहा नगरपालिका-३ गोरंगेस्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना शिक्षालयमा कार्यरत मेजर अशोकजंग सिंहले मदिरामा लट्ठ भई चिसापानीमा रहेको संगम होटेलमा हो हल्ला र गाली गलौच गरेपछि उत्पन्न भएको परिस्थितिले चिसापानी क्षेत्र तनावग्रस्त भएको हो ।
होटल संचालक हर्क रावलका छोरा महेश रावलले आइतबार राति पारिवारिक जमघट भैरहेको बेला मदिराले मातेका मेजर सिंह पछाडिको ढोकाबाट घरभित्र प्रवेश गरि गाली गलौच गर्नुका साथै हो हल्ला गरेको बताए । उनले त्यसो नगर्न आग्रह गर्दा मेजरले उल्टै हातपात र सुन्नै नसकिने गाली गलौच गरेको बताए ।
मेजर सिंहसंगै सादा पोशाकमा रहेका अन्य दुईजनाले डिउटीमा रहेका सेनाका जवानलाई निजी गाडीमा हतियारसहित लिएर आएपछि स्थिति निकै तनावपूर्ण भयो । होटल संचालक रावलले मेजरले हतियार लिइ ताक्न खोजेपछि त्यहाँ जम्मा भएको भिडले हतियार खोस्नुका साथै मेजरको गाडीमासमेत तोडफोड गरेको बताए । उनले हतियार नखोसेको भए स्थित जे पनि हुन सक्ने बताए ।
मेजरको उक्त गतिविधि बारे राति नै नजिकै रहेको इलाका प्रहरी कार्यालयलाई खबर गर्दा कुनै सुनुवाइ नभएको रावलले बताए । आक्रोशित भिडले मेजर सिंहको निजी कार बाग्मती प्रदेश ०१-०२६ च ३४६१ नम्बरको डस्टर गाडी तोडफोड गरेका छन् । उनीहरूले ईलाका प्रहरी कार्यालयको झ्यालका सिसासमेत तोडफोड गरेका छन ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक बिष्टले मेजरको मेडिकल जाँच पश्चात सेनाको जिम्मा लगाएको बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया