विश्वका साढे चार करोड मानिस खडेरीको जोखिममा : राष्ट्रसंघ

जेनेभा- राष्ट्रसंघले विश्वभर साढे चार करोडभन्दा बढी मानिस खडेरीको जोखिममा रहेको जनाएको छ । ४३ देशका साढे चार करोड मानिस खडेरीको जोखिममा रहेको राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले जनाएको हो । बढ्दो खडेरीका कारण कृषि उत्पादनमा आएको कमीले कतिपय मुलुकमा भोकमरीको अवस्था सृजना भएको छ । गत वर्षभन्दा यो वर्ष खडेरीबाट प्रभावित हुनेको संख्या ३० लाख बढेको छ ।
खडेरी र त्यसको सबैभन्दा बढी प्रभाव अफगानिस्तानमा रहेको विश्व खाद्य कार्यक्रमले जनाएको छ । ‘खडेरीपछिको भोकमरीले दशौं लाख मानिस दुःखी छन् । द्वन्द्व, जलवायु परिवर्तन र कोभिड १९ को चपेटका कारण विश्वको ठूलो जनसंख्या भोकमरीको चपेटामा परेको छ’, डब्लूडब्लूपीका निर्देशक डेभिड बिस्लेले भने ।
साढे चार करोडभन्दा बढी मानिस भोकमरीतर्फ उन्मुख भएको उनको भनाई छ । भोकमरीका कारण अफगानिस्तानको अवस्था भयावह देखिएको उनले बताए । डब्लूएफपीले अफगानिस्तानका २३ लाख मानिसहरुलाई खाद्य सहयोग प्रदान गरेको छ ।
‘खाद्यन्न र इन्धनको मूल्य बढेको बढ्यै छ, कृषि उत्पादनमा प्रयोग हुने मलको मुल्य बृद्धि भएको छ । यसले अफगानिस्तान, यमन र सिरियाजस्ता देशमा ठूलो असर गरेको छ,’ उनले भने । विश्वव्यापी रुपमा देखिएको खडेरीका कारण विश्वले ७ अर्ब डलर मुल्य चुकाउनु पर्ने उनले बताए ।
खडेरीका कारण खाद्य असुरक्षा बढ्दा बाल बिबाह र बालबालिकालाई विद्यालयबाट पढ्न छुटाउनेजस्ता विकृति देखिएको उनले बताए । पछिल्ला वर्ष इथोपिया, हेइटी, सोमालिया, एंगोला, केन्या र बुरुन्डीमा भोकमरी बढेको डब्लूएफपीले जनाएको छ । एजेन्सी
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

प्रतिक्रिया