मलेसिया र सिंगापुरले हवाई यात्राका लागि क्वारेन्टाइन अनिवार्य हटाउने
क्वालालम्पुर- मलेसिया र सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेन (VTL) को शुभारम्भसँगै दुई देशबीच उडान गर्ने यात्रुहरूका लागि क्वारेन्टाइन अनिवार्यतालाई हटाएको मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले सोमबार बताएका छन् ।
मलेसियाको प्रधानमन्त्री कार्यालय र सिंगापुरको प्रधानमन्त्री कार्यालयबाट जारी संयुक्त प्रेस विज्ञप्ति अनुसार नोभेम्बर २९ बाट लागू हुने उक्त सम्झौताको अर्थ विछोडिएका परिवारहरूलाई पुनर्मिलन हुने अवसर प्रदान गर्नु हो ।
'दुवै देशले आ-आफ्ना जनतालाई खोप लगाउन र कोभिड-१९ महामारीको व्यवस्थापनमा गरेको महत्त्वपूर्ण प्रगतिलाई ध्यानमा राख्दै प्रधानमन्त्रीहरूले क्रमशः सीमापार यात्राहरू पुनः सञ्चालन गर्न समय सान्दर्भिक भएको प्रतिक्रिया दिएका छन् ।
सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेनले क्वालालम्पुर इन्टरनेशनल एयरपोर्ट (KLIA) र सिंगापुरको चाङ्गी एयरपोर्टबाट मात्र हवाई यात्रालाई समेट्नेछ । यद्यपि दुई देशलाई जोड्ने अन्य मार्गलाई पुनः सञ्चालन गर्न भने थप वार्ता आवश्यक हुने बताइएको छ । (सिन्ह्वा)
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

प्रतिक्रिया