तालिबानद्वारा सम्बन्ध पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको स्वागत
काबुल, अफगानिस्तान- तालिबानका प्रवक्ता अहमदुल्लाह वासिकले तालिबानसँगको सम्बन्धको पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको स्वागत गरेका छन् । द्विपक्षीय सम्बन्ध पुनः सञ्चालन हुने आशा व्यक्त गरेका प्रवक्ताले काबुलमा जर्मन दूतावास पुनः खोल्ने र द्विपक्षीय सम्बन्ध नयाँ ढङ्गले अगाडि बढ्नेमा आफू आशावादी रहेको खामा प्रेसलाई बताएका छन् ।
अफगान जनताका लागि मानवीय सहायतामा पहुँच प्रदान गर्न बर्लिनले जर्मन कूटनीतिज्ञहरूलाई फिर्ता गर्ने र युद्धग्रस्त देशमा काम पुनः सुरु गर्नेबारे छलफल गरेको जनाइएको छ । अफगानिस्तानका लागि जर्मन क्याबिनेटका विशेष दूत, मार्कस पोट्जेलले आगामी दिनमा काबुलको भ्रमण गर्ने र तालिबानसँग देशमा जर्मन कूटनीतिज्ञहरूको काम पुनः सुरु गर्नेबारे छलफल हुने स्रोतले जानकारी दिएका छन् ।
अगस्ट १५ मा तालिबानले काबुलमाथि कब्जा जमाएपछि, पोटजेल दोहामा बसोबास गर्दै आएका छन् र त्यहीँबाट उनले अफगानिस्तानको अवस्थाको अध्ययन गरिरहेको खामा प्रेसले जनाएको छ । (एएनआई)
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

प्रतिक्रिया