विकासाेन्मुख देशलाई २९ करोड युरो सहयोग गर्ने बेलायतको घोषणा

काठमाडौँ - जलवायु परिवर्तनको असरविरुद्ध जुध्न बेलायत सरकारले विकासाेन्मुख देशहरुका लागि २९ करोड युरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बेलायतको ग्लास्गो सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ को अवसरमा बेलायतले यस्तो प्रतिबद्धता जनाएको हो ।
सम्मेलनमा विभिन्न देशका प्रतिनिधि सहभागी छन् । गरिब देशहरुले जलवायु परिवर्तनविरुद्ध जुध्न १०० अर्ब डलर वित्तीय सहयोगका लागि आव्हान गरेका छन् ।
जलवायु परिवर्तनको मुख्य कारक मानिने कार्बन उत्सर्जनमा विकासाेन्मुख देशहरुको हात नगण्य छ ।
बेलायत सरकारले प्रदान गर्ने सहयोग रकममध्ये धेरै रकम एशिया र प्रशान्त महासागरका देशलाई छुट्टाइएको छ । विकासाेन्मुख देशले सो रकम जलवायु परिवर्तनसम्बन्धी योजना र लगानी, संरक्षण र न्युन कार्बनयुक्त विकासका गतिविधिको प्रबद्र्धनमा लगानी हुनेछ ।
एक सातादेखि जारी सम्मेलन आइतबार सम्पन्न हुनेछ । सम्मेलनमा सन् २०२५ सम्म विश्व तापमानलाई १ दशमलब ५ डिग्री सेल्सियसमा कसरी झार्न सकिन्छ भन्न विषयमा छलफल भइरहेको छ ।
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

प्रतिक्रिया