खानेपानी हो कि खोलाको ?
विराटनगर- नेपाल खानेपानी संस्थान शाखा कार्यालयले वितरण गर्दै आएको धाराको पानी खोलाकै पानी जस्तो देखिन थालेको छ । विगतमा खानयोग्य पानी वितरण गर्ने कार्यालयले अहिले वितरण गर्ने गरेको पानी खान योग्य नभएको पाइएको हो । धारामा पानी निकै धमिलो र रातो जस्तो देखिने गरेकाले यहाँका बासिन्दा यो पानी खानमा भन्दा अन्य काममा प्रयोग गर्न थालेका छन् ।
देवकोटा, तिनपैनी, मुनालपथ र रानी क्षेत्रको पानी ट्यांकी मुनालपथ बाहेकका सबै ट्यांकी ४० वर्ष अगाडिका रहेको संस्थान प्रमुख शैलेन्द्र साहले बताए । प्रत्येक ट्यांकी ४५० घनमिटरका छन् । दैनिक विराटनगर क्षेत्रमा एक करोड २० लाख लिटर पानी वितरण भए पनि नगर क्षेत्रमा करिब दुई करोड लिटर पानीको माग रहेको उनको भनाइ थियो ।
देवकोटा पानी ट्यांकीबाट वितरण हुने पानी निकै फोहर, धमिलो र रातो माटो मिसिएको जस्तो देखिएकाले यसमा निर्भर उपभोक्ताले जार र बोतलका पानी प्रयोग गरिरहेका छन् । यसमा संस्थाले समयमै ध्यान दिनु आवश्यक रहेको स्थानीयवासी अर्जुन सुवेदीले बताए ।
संस्थानका प्रमुख साहले बाटो निर्माण गर्ने क्रममा केही ठाउँमा पानीका पाइप फुटेका कारणले यस्तो भएको बताए । उपभोक्ताले पनि गुनासो गरिरहेको स्वीकार गर्दै सफा र खानयोग्य पानी वितरण गर्न संस्थान प्रतिबद्ध छ, उनले भने । उनले दिनमा तीन पटक वितरण गर्ने खानेपानीको न्यूनतम १० युनिटको महसुल ११० र यस अतिरिक्त प्रतियुनिट २५ लाग्ने संस्थानको नियम रहेको जानकारी दिए ।
केही वर्ष पहिले विराटनगरको खानेपानीमा जण्डिस हुने किटाणु देखिएपछि निकै समस्या भएको थियो भने यो समस्या पुनः दोहोरिन सक्ने उपभोक्ता रविन पाण्डेले बताए । रासस

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया