भारतको छत्तीसगढमा एक प्रहरी जवानले गरे गोली हानेर आफ्नै चार साथीको हत्या
काठमाडौँ - भारतको छत्तीसगढ राज्यमा एक प्रहरी जवानले आफ्नै साथीमाथि गोली प्रहार गरेका छन् । गोली प्रहारबाट चार जनाको ज्यान गएको छ । सुकमा जिल्लास्थित केद्रीय रिजर्व पुलिस बल (सीआरपीएफ)मा सोमबार बिहान साढे ३ बजेतिर एके–४७ राइफलबाट हानेको गोली लागेर चार जनाको मृत्यु भएको भारतीय सन्चार माध्यमले जनाएका छन् ।
हिन्दुस्तान टाइम्सकाअनुसार तीन जना अझै घाइते छन् । गोली प्रहार गर्ने प्रहरी जवानलाई प्रहरीले नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ । घाइते प्रहरीलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको उपचार जारी रहेको समाचारमा जनाइएको छ ।
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

प्रतिक्रिया