चेन्नईमा भीषण वर्षा, शहर जलमग्न भएपछि विद्यालय र कलेज बन्द

चेन्नई- भारतको चेन्नईमा केही दिनयता परेको भीषण वर्षाका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । वर्षाका कारण थिभल्लुर, कान्चिपुरम र चेंगालपट्टुम जिल्ला नराम्रोसँग प्रभावित भएका छन् । वर्षापछि ती जिल्लासहित राज्यका विभिन्न स्थानका विद्यालय तथा कलेज बन्द गरिएका छन् ।
शनिबार राती चेन्नईमा सन् २०१५ पछिकै धेरै वर्षा भएको थियो । अबिरल वर्षाका कारण केही शहर नै जलमग्न बनेका थिए । प्रभावित क्षेत्रमा नेसनल डिजिस्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) परिचालन गरिएको छ । फोर्सले प्रभावित क्षेत्रका बासिन्दालाई आपतकालिन सहयोग गरेको छ । सरकारी अधिकारीहलाई हाई अलर्टमा राखिएको छ ।
ठाउँ ठाउँमा अझै पनि बर्षा रोकिएको छैन् । चेन्नईमा अझै तीन दिन वर्षा हुने त्यहाँको जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षा भइरहेकोले आफ्नो पूर्व निर्धारित भ्रमण रद्द गर्न चेन्नईका मुख्यमन्त्री एम के स्टालिनले सर्वसाधारणलाई अनुरोध गरेका छन् । एजेन्सी
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

प्रतिक्रिया