‘भारतले अस्ट्रेलियालाई हराउन असम्भव’

काठमाडौं : अस्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टिमले घरेलु टिमविरुध्द पहिलो टेस्ट मै हार ब्यहोरेकाले आगामी खेलमा जित हासील गर्न गाह्रो हुने ब्राड हाड्डिनले बताएका छन् । अस्ट्रेलियाका पूर्वविकेट किपर रहेका हाड्डिनले भारतले एडलेइडमा सम्पन्न पहिलो टेस्ट हारेकोले अब श्रृङ्खलामा फर्कन सक्ने अवस्था नरहेको जिकिर गरे ।
‘भारतीय टिमले पहिलो टेस्ट जित्नु पर्थ्यो । एडलेइडको समग्र वातावरण उनीहरुको लागि सुहाउँदो थियो । त्यसकारण त्यो खेल उनीहरुले जित्ने अनुमान थियो । अब भारतलाई बाँकी टेस्ट जित्न मुश्किल छ,’ हाड्डिनले एसइएन रेडियोसँग कुरा गर्दै भने ।
अस्ट्रेलिया र भारतबीचको दोस्रो टेस्ट डिसेम्बर २६ मा मेलर्बनमा हुनेछ भने तेस्रो टेस्ट जनवरी ७ मा सिड्नीमा हुनेछ । मेलर्बन र सिड्नीको पिच भारतीय ब्याट्सम्यानका लागि सुहाउँदो भएपनि भ्रमणकारी टिमले अस्ट्रेलियालाई हराउने अनुमान गर्न सजिलो नभएको हाड्डिनको भनाइ थियो ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया