सांगितिक महोत्सवमा भागदौड मच्चिदा ८ जनाको मृत्यु

टेक्सास- अमेरिकाको टेक्ससमा एउटा सांगितिक महोत्सवमा भागाभाग मच्चिदा कम्तीमा ८ जना मानिसको मृत्यु भएको । ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भागदौड हुँदा दर्जनौं घाईते भएका छन् । भागदौडपछि ढलेका ११ जनामध्ये आठ जनाको ह्दयघातबाट मृत्यु भएको थियो । भिडले मञ्चको एउटा भागलाई थिचेपछि मानिसहरु अत्तालिएका थिए ।
भिड बढिरहेका बेला र्यापर ट्राभिस स्कट आफ्नो प्रस्तुति दिइरहेका थिए । ७५ मिनेट लामो प्रस्तुति अवधिमा उनी धेरै पटक रोकिएका थिए। दर्शकहरूबीच तनाव बढेपछि बीचमा रोकिएका थिए । उनले भिड नियन्त्रण गर्न स्टेजबाट पटक पटक सुरक्षाकर्मीलाई आग्रह गरेका थिए । महोत्सवमा करिव ५० हजारको सहभागिता थियो ।
मानिसहरू घाइते भएको देखिएपछि आयोजकले कार्यक्रम बन्द भएको थियो । एस्ट्रोवर्ल्ड फेस्टिभल सन् २०१८ देखि हरेक वर्ष आयोजना हुन्छ । कोभिडका कारण गत वर्षको महोत्सव स्थगित भएको थियो । एजेन्सी

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

प्रतिक्रिया