'ताइवान स्वतन्त्रता पृथकतावादीलाई कानूनअनुसार सजाय हुनेछ'

बेइजिङ- चिनियाँ सरकारका प्रवक्ताले शुक्रबार ताइवान स्वतन्त्रताका पक्षपातीलाई कडा चेतावनी दिएका छन् । प्रवक्ताले पृथकतावादी तत्व चीनको मुख्य भूमिको सूचीमा छन् र उनीहरूलाई कानुनबमोजिम सजाय दिइने बताएका छन् ।
स्टेट काउन्सिलको ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेँग्लियनले पृथकतावादी विरुद्ध दण्डात्मक उपायको बारेमा मिडिया प्रश्नको जवाफमा उक्त टिप्पणी गरेका हुन् ।
सूचीमा रहेका व्यक्ति, आफ्ना आफन्तसँगै, मुख्य भूमि र हङकङ र मकाउका दुई विशेष प्रशासनिक क्षेत्रमा प्रवेश गर्न पाउने छैननन् तिनीहरू आबद्ध संस्थालाई मुख्य भूमिमा रहेका संस्था र व्यक्तिसँग कुनै पनि सहकार्यसमेत प्रतिबन्ध लगाइनेझुले बताए ।
उनका अनुसार त्यसता पृथकतावादीका प्रायोजक र सम्बन्धित उद्यमलाई अन्य आवश्यक सजायसहित मुख्य भूमिमा नाफा कमाउने गतिविधिमा सङ्लग्न हुनपनि प्रतिबन्ध लगाइनेछ ।
आफ्नो मातृभूमिलाई धोका दिने र देश टुक्राउन खोज्नेको नियत खराब हुन्छर जनताले इन्कार गर्न बाध्य हुन्छन् र इतिहाससमेतले तिनीलाई न्याय गर्नेछन्, झुले सु त्सेङःचाङ, यु सिया(लगायत पृथकतावादीलाई उल्लेख गर्दै टिप्पणी गरेका छन् ।
उनले चीनको सूचीमा परेका त्यस्ता व्यक्तिलाई आजीवन जवाफदेही बनाइने र छानबिन गरिने समेत उल्लेख गरेका छन् । (सिन्ह्वा)

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

प्रतिक्रिया