'चीनद्वारा अमेरिकी प्रतिवेदनको दृढतापूर्वक विरोध'
बेइजिङ- चिनियाँ रक्षा प्रवक्ताले शुक्रबार अमेरिकी रक्षा मन्त्रालयले जारी गरेको चीनको सैन्य विकाससम्बन्धी हालैको प्रतिवेदनप्रति कडा असन्तुष्टि जनाउँदै दृढतापूर्वक विरोध गरेका छन् । रक्षा मन्त्रालयका प्रवक्ता वु कियानका अनुसार प्रतिवेदनले तथ्यलाई बेवास्ता गरेको छ र पूर्वाग्रहग्रस्त छ।
उनका अनुसार प्रतिवेदनले तथाकथित "चिनियाँ सैन्य खतरा" बारे तथ्यहीन टिप्पणी गरेको छ र चीनको आणविक क्षमता निर्माणमा आधारहीन आरोप लगाएको छ । त्यसैगरी ताइवान र अन्य मुद्दाहरू समावेश गर्ने चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ जुन विषयलाई चीनले गम्भीर रूपमा लिएको छ ।
वुले चीनको सैन्य विकासमा देशको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षा गर्ने उद्देश्य निहित रहेको बताएका छन् । उनले भने-यसले कुनै देशलाई लक्षित गर्दैन र कुनै पनि देशप्रति खतरा पनि छैन । संयुक्त राज्य अमेरिका विश्वमा आणविक खतराको सबैभन्दा ठूलो स्रोत हो, वुले थपे ।
वुले विश्वमा एउटा मात्र चीन रहेको र ताइवान चीनको अविभाज्य अंग भएको पुनः दोहोर्याएका छन् । उनले ताइवानमा बढ्दो तनाव मुख्यतया डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीले "ताइवान स्वतन्त्रता" खोज्ने विदेशी समर्थनका कारण भएको बताए ।
चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने वा चीनलाई धम्की दिने कुनै पनि प्रयास पीपुल्स लिबरेशन आर्मीले बनाएको स्टिलको ठूलो पर्खाल अगाडि असफल हुने निश्चित रहेको वुले बताए । (सिन्ह्वा)

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

प्रतिक्रिया